जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • रिलायबल नेपाल लाइफकाे नाफामा ४.९६ प्रतिशतले वृद्धि

रिलायबल नेपाल लाइफकाे नाफामा ४.९६ प्रतिशतले वृद्धि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे खुद नाफा वृद्धि भएकाे छ। कम्पनीले चालु आर्थिक वर्षकाे पुससम्म २३ करोड ९ लाख रूपैयाँ खुद नाफा कमाएकाे छ।

पाेहाेर ६ महिनामा कम्पनीले २२ करोड ४६ हजार रूपैयाँ नाफा आर्जन गरेकाे थियाे। गत वर्षकाे तुलनामा याे वर्षकाे ६ महिनामा कम्पनीको खुद नाफा आर्जन ४.९६ प्रतिशतले वृद्धि भएको हाे।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा सुधार देखिएकाे छ। कम्पनीले ऋण तथा लगानीबाट ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ।

रिलायबलकाे खुद बीमा शुल्क संकलन १.७४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। कम्पनीकाे चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ भने सेयर प्रिमियम कोषमा १ अर्ब ७५ करोड रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रति सेयर आम्दानी भने १५.७२ रुपैयाँबाट घटेर ११.५५ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ रहेकाे वित्तीय विवरणमा उल्लेख छ।

2880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका