जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ठूलो बैंक बन्नुभन्दा पनि असल बैंक बन्नेतर्फ हामी लागौंः अध्यक्ष उपाध्याय

ठूलो बैंक बन्नुभन्दा पनि असल बैंक बन्नेतर्फ हामी लागौंः अध्यक्ष उपाध्याय

नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकहरु असल बन्न लागिपर्नु पर्ने बताएका छन् ।  बुधवार नेपाल बैंकको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले ठूलो बैंक बन्नु भन्दा पनि असल बैंक बन्नेतर्फ लाग्नु पर्ने बताएका हुन् ।

‘बजारमा बैंकहरु नाफामा छन् भन्ने हल्ला छ । तर, एक वर्षको अवधिमा हामीले निक्षेप संकलन वृद्धि ८ प्रतिशत मात्रै भएको छ । यो हाम्रो लागि चिन्ताको विषय हो’, कार्यक्रममा बोल्दै उनले भने, ‘दुई वर्षअघि जुन स्थानमा बैंक तथा वित्तीय संस्था थिए । अहिले त्यो स्थानमा बैंक तथा वित्तीय संस्था छैनन ।’

ब्याजदरबारे बोल्दै उनले भने, ‘बैंकहरु दीर्घकालीन मोडमा मात्रै गइरहेका छौँ । अहिलेको अवस्था हेरेर हामीले ब्याजदर बढाएनौँ । अन्तर्राष्ट्रिय जगतबाट कसरी पैसा ल्याउन सकिन्छ भनेर हामीले अभ्यास गरिरहेका छौँ ।’

त्यस्तै, उनले मर्जरमा गएका बैंकहरुका कारण मर्जरमा नगएका बैंकहरु दबाबमा रहेको बताए । उनले भने, ‘सबै बैंकहरु मर्जरमा गइरहेका छन् । मर्जरमा गएका बैंकहरुको छुट्टै तरिकाले अगाडी बढ्नेछन् । यसले गर्दा मर्जरमा नगएका बैंकहरुलाई पनि उनीहरूसँग प्रतिस्पर्धामा जानका लागि दबाब छ ।’

साथै नेपालका विभिन्न ठाउँमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगेका कारण नेपालको आर्थिक क्रियाशीलता सबै तहमा बढेको उनको भनाई छ ।

1690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?