जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • भिजिट भिसा ठगी प्रकरणमा अध्यागमन अधिकृत पुर्पक्षका लागि थुनामा

भिजिट भिसा ठगी प्रकरणमा अध्यागमन अधिकृत पुर्पक्षका लागि थुनामा

भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जना पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

जिल्ला अदालत काठमाडौंले खड्कासँगै मनोज तामाङ, सरोजकुमार यादव र अरुण दाहाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । त्यस्तै ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७ लाख, गीता शाहसँग ५ लाख, विनोद कार्कीसँग २ लाख र पदम लामा तथा रविन अर्यालसँग एक/एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

2920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?