जोडिनुहोस
शनिबार, साउन २, २०८३
शनिबार, साउन २, २०८३
  • होमपेज
  • कामना सेवाका ग्राहकलाई नेशनल पाथ ल्याबमा १० प्रतिशतसम्म छुट

कामना सेवाका ग्राहकलाई नेशनल पाथ ल्याबमा १० प्रतिशतसम्म छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई रुपन्देहीको बुटवलस्थित नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरका सेवाहरुमा १० प्रतिशतसम्म छुट हुने भएको छ । जसको लागि दुई संस्थाबीच सम्झौता भएको हो ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्याउने उद्देश्यले स्थापित उक्त नेशनल प्याथ ल्याबमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

3960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका