जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • डिजिटल कारोबारमा उल्लेख्य वृद्धि, एक वर्षमै ४८ लाख जना थपिए वालेट प्रयोगकर्ता

डिजिटल कारोबारमा उल्लेख्य वृद्धि, एक वर्षमै ४८ लाख जना थपिए वालेट प्रयोगकर्ता

प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । कोभिड महामारी अगाडि सामान्य रुपमा अगाडि बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढिरहेको देखिन्छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भएको हो ।

पाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक वर्षको अवधिमा ४८ लाख भन्दा बढी वालेट प्रयोगकर्ता थपिएका छन् । गत वर्षको भदौ महिनाको तुलनामा यस वर्षको गत महिनासम्ममा ४८ लाख ८९ हजार २५६ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् । गत वर्षको भदौ महिनासम्म ९६ लाख ३५ हजार ८८८ जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता ५०.७४ प्रतिशतले बढेर यस वर्षको भदौ महिनासम्म आइपुग्दा एक करोड ४५ लाख २५ हजार १४४ जना पुगेका हुन् ।

वालेटसंगै मोबाइल बैंकिङका प्रयोगकर्ताहरु पनि २७ प्रतिशतले बढेका छन् । गत वर्षको भदौदेखि यस वर्षको भदौसम्म ४० लाख १६ हजार ७९६ जना नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका हुन् । गत वर्षको भदौसम्म एक करोड ४८ लाख ७२ हजार ६३४ जना रहेकोमा यस वर्षको भदौ महिनासम्म आइपुग्दा उक्त संख्या बढेर एक करोड ८८ लाख ८९ हजार ४३० जना पुगेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु पनि ४ लाख ९५ हजार ६५४ जनाले बढेका छन् । गत वर्षको भदौ महिनासम्म १२ लाख १० हजार ४३७ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु रहेकोमा उक्त संख्या बढेर १७ लाख ६ हजार ९१ पुगेको छ ।

त्यस्तै, कनेक्ट आइपिएस, डेबिट कार्ड र क्रेडिट कार्डका प्रयोगकर्ता पनि बढेका छन् । गत महिनाको भदौसम्म कनेक्ट आइपिएसका प्रयोगकर्ताहरु ९ लाख ३३ हजार ८७५ जना पुगेका छन् । यस्तै, यस अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड १३ लाख ४९ हजार ३६२ जना र क्रेडिट कार्डका प्रयोगकर्ता २ लाख ५८ हजार ४३ जना पुगेका छन् ।

2025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका