जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको वितरणयोग्य नाफा ४ प्रतिशत बढी

कृषि विकास बैंकको वितरणयोग्य नाफा ४ प्रतिशत बढी

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले गत वर्ष अघिल्लो वर्षभन्दा ११ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रू. ३ अर्ब ३३ करोड १७ लाख ३७ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिमा रू. ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार यो नाफा गरेको हो ।

अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको सञ्चालन नाफा भने २१ प्रतिशत बढी रू. ५ अर्ब २२ करोड ६७ लाख ३ हजार भएको छ । गत वर्ष इम्पेरमेण्ट चार्ज अघिल्लो वर्ष रू. ५१ करोड ७२ लाख २१ हजार रहेकोमा गत वर्ष रू. २ करोड ३५ लाख ६६ हजारमा सिमित भएको छ ।

इम्पेरमेण्ट चार्ज उल्लेख्य मात्रामा घट्दा बैंकको सञ्चालन नाफामा बृद्धि भएको हो । गत वर्ष खुद ब्याज आम्दानी भने ६ दशमलव ७३ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. ६ अर्ब ७१ करोड ६१ लाख २१ हजार खुद ब्याज आम्दानी भएको बैंकको गत वर्ष भने रू. ६ अर्ब २६ करोड ४१ लाख ४७ हजार भएको छ ।

बैंकको वितरणयोग्य नाफ भने अघिल्लो वर्षभन्दा ४ दशमलव १८ प्रतिशत बढी रू. १ अर्ब ७३ करोड ५० लाख १ हजार रहेको छ । अघिल्लो वर्ष यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ६६ करोड ५३ लाख ९५ हजार थियो ।

गत वर्ष १५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. १० अर्ब ९८ करोड ९९ लाख २९ हजार पु¥याएको बैंकको जगेडा कोष रकम रू. १५ अर्ब २२ करोड ६१ लाख ७३ हजार कायम भएको छ । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको जगेडा कोष रकम १२ दशमलव ९३ प्रतिशत बढेको हो ।

बैंकले अघिल्लो वर्षभन्दा १३ दशमलव २६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने २५ दशमलव ४५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले रू. १ खर्ब ६२ अर्ब ६७ करोड ७२ लाख ६९ हजार निक्षेप संकलन र रू. १ खर्ब ५२ अर्ब ८६ करोड २५ लाख ४ हजार कर्जा प्रवाह गरेको हो ।

अघिल्लो वर्ष २ दशमलव ८४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ८४ प्रतिशतमा झरेको छ । यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. ३० दशमलव ६५ र प्रतिशेयर नेटवर्थ रू. २३५ दशमलव ५८ रहेको छ । मूल्य आम्दानी अनुपात भने १५ दशमलव ६३ गुणा छ ।

4755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?