जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • हिमालयन लाइफको बीमा शुल्क आर्जन ८ प्रतिशत बढ्यो, साढे ५८ अर्ब पुग्यो बीमा कोष

हिमालयन लाइफको बीमा शुल्क आर्जन ८ प्रतिशत बढ्यो, साढे ५८ अर्ब पुग्यो बीमा कोष

हिमालयनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ८.२४ प्रतिशत घटेर ३४ करोड ६० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशत बढेर ७ अर्ब ८९ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब २८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी ९ अर्ब २० करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको कमिसन खर्चमा ६५ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष ७१ करोड ३६ लाख रुपैयाँ कमिसनमा खर्च गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड रुपैयाँ गरेको छ भने कुल खर्च १० अर्ब ६३ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ३ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो भने कुल खर्च ९ अर्ब ६५ करोड रुपैयाँ थियो ।

कम्पनीको सेयर क्यापिटल ८ अर्ब २ करोड रुपैयाँ, महाविपत्ती कोषमा ४८ करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ३० करोड रुपैयाँ, अन्य इक्विटी ७ करोड २२ लाख रुपैयाँ र निर्जीवन बीमा कोषमा ५८ अर्ब ४८ करोड रुपैयाँ छ ।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका