जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • शर्मालाई अर्थमन्त्रीबाट हटाउन कांग्रेस नेता रसाइलीको माग

शर्मालाई अर्थमन्त्रीबाट हटाउन कांग्रेस नेता रसाइलीको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले अर्थमन्त्रीबाट जनार्दन शर्मालाई हटाउन माग गरेका छन् ।

कांग्रेस केन्दीय समितिको बैठकमा बोल्दै नेता रसाइलीले अर्थमन्त्रीबाट शर्मालाई हटाउन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

‘हामी व्यापार घाटामा छौं । निरन्तर रुपमा अर्थतन्त्रका सूचकहरु ओरालो लागेका छन् । अर्थमन्त्रालय चलाउने विषयमा सिक्न पनि चाहेनन् जनार्दन शर्माले,’ बैठकपछि नेता रसाइलीले अनलाइनखबरसँग भने, ‘यसकारण उनलाई हटाउन मैले माग गरेको हुँ ।’

हटाउन माग गरेपछि अर्थमन्त्री शर्माले राजिनामा दिने विश्वास पनि आफूलाई रहेको उनले सुनाए । ‘नभए प्रधानमन्त्रीले गठबन्धनमा छलफल गरेर हटाउनुपर्छ र नयाँ अर्थतन्त्र बुझेको अर्थमन्त्री ल्याउनुपर्छ’ उनले भने ।

चुनावी गठबन्धनको विपक्षमा

नेता रसाइलीले आफू चुनावमा गठबन्धन गर्न नहुने पक्षमा रहेको बताए ।

‘कांग्रेस एक्लै लडेर चुनाव जितेको इतिहास र जनमत छ’ उनले भने, ‘म कसैसँगको चुनावी गठबन्धनको पक्षमा छैन् ।’ कांग्रेस केन्द्रीय समिति बैठक सोमबार पनि बस्ने छ ।

5360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?