जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकद्धारा पशुपति मन्दिर परिसर वृक्षारोपण

नेपाल एसबिआई बैंकद्धारा पशुपति मन्दिर परिसर वृक्षारोपण

नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसर कैलाश डाँडामा वृक्षारोपण गरेको छ ।

भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र एसएबआरजी) आलोक कुमार चौधरीको नेपाल भ्रमणको अवसर पारेर सो क्षेत्रमा वृक्षारोपकण गरिएको हो । प्रबन्धक संचालक चौधरी फागुन ५ गतेदेखि ४ दिने नेपाल भ्रमणमा छन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बैंकले पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रुपमा गर्दै आएको छ ।

हाल बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?