जोडिनुहोस
शनिबार, बैशाख १३, २०८२
शनिबार, बैशाख १३, २०८२
  • होमपेज
  • डेपुटी गभर्नर मिश्रले भने-‘एउटा सूचक कमजोर हुँदा बैंक नै सकिएको भन्न मिल्दैन’

डेपुटी गभर्नर मिश्रले भने-‘एउटा सूचक कमजोर हुँदा बैंक नै सकिएको भन्न मिल्दैन’

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कुनै एक सूचक सामान्य कमजोर हुँदा बैंक नै सकिएको भन्न नमिल्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नबिल बैंकको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले यो धारणा राखेका हुन्।

‘बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छन्। त्यसैले यो क्षेत्र संवेदनशील मानिन्छ’, उनले भने, ‘बैंकहरुले निक्षेपकर्ताको करिब ६२ खर्बको निक्षेप बोकेर बसेका छन्। यति धेरै दायित्व रहेका संस्थाको एक सूचकको गिरावटलाई हेरर त्यो सकियो भन्न हुँदैन।’

उनले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको बताउँदै सामान्य समस्याले बैंंक संकटमा नपर्ने जिकिर गरे। ‘अहिले बैंक तथा वित्तीय संस्थासँग तरलता सहज छ। ती संस्थाहरुको सूचकहरु पनि राम्रा छन्’, उनले भने, ‘त्यसैले यस्तो संवेदनशिल क्षेत्रको बारेमा सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्छ।’

2200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?