जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सेञ्चुरी बैंकका सञ्चालकको ‘डिटेल’ माग्दै प्रभु बैंकलाई सीआईबीको पत्र

सेञ्चुरी बैंकका सञ्चालकको ‘डिटेल’ माग्दै प्रभु बैंकलाई सीआईबीको पत्र

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले तत्कालीन सेञ्चुरी बैंकका सञ्चालकहरुमाथि पनि अनुसन्धान अघि बढाएको छ । सीआईबीले प्रभु बैंकलाई तत्कालीन सेञ्चुरी बैंकका सञ्चालकहरुको विस्तृत विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।

मंगलबार सीआईबीले तत्कालीन सेञ्चुरी बैंकका दुई सीईओ (तुलसीराम गौतम र मनोज न्यौपाने) सहित १० कर्मचारीलाई पक्राउ गरेको थियो । सोही दिन सीआईबीले प्रभु बैंकलाई सञ्चालक समितिको विस्तृत विवरण माग्दै पत्र पठाएको हो ।

२०७९ पुस २६ गते सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिएर प्रभु बैंकका नाममा एकीकृत कारोबार सुरु भएको थियो । पक्राउ परेका न्यौपाने अहिले प्रभु बैंकमा सिनियर डेपुटी सीईओ छन् । पक्राउ परेका १० मध्ये ५ जना प्रभु बैंकका बहालवाला कर्मचारी हुन्।

‘तत्कालीन सेञ्चुरी बैंकको सञ्चालक समितिको वितृत विवरण माग गर्दै प्रभु बैंकलाई पत्राचार गरिएको छ’ सीआईबी स्रोतले भन्यो, ‘यति ठूलो रकमको ऋण प्रवाहमा सञ्चालक समितिको समेत संलग्नता देखिएकाले तत्कालीन सञ्चालकहरुमाथि अनुसन्धान गर्नुपर्ने देखिएको छ ।’

तत्कालीन सेञ्चुरी बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठ थिए भने सञ्चालकहरुमा मनबहादुर राई, अभिषेक बज्राचार्य, प्राडा गीता प्रधान, रणबहादुर श्रेष्ठ ,रमेशकुमार निरौला र सुनिल कुमार न्यौपाने थिए । जसमध्ये अहिले प्रभु बैंकमा गीता प्रधान र अभिषेक बज्राचार्य सञ्चालक छन् । तत्कालीन सेञ्चुरीका अध्यक्ष राजेशकुमार श्रेष्ठ कांग्रेस नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठका आफन्त हुन् ।

3095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका