जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सानिमा बैंकको १४ वटा विभिन्न मर्चेन्टसँग छुटको व्यवस्था

सानिमा बैंकको १४ वटा विभिन्न मर्चेन्टसँग छुटको व्यवस्था

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टसँग छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट वा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु तथा सेवा खरिदमा विशेष छुट पाउनेछन्।

बैंकले कुलेश्वर चिकेन स्टेसन, गणपति पोलिक्लिनिक प्रालि, द पनाछें विउटी स्टुडियो एन्ड ट्रेनिङ सेन्टर, टाइमलेस मोमेन्टस् होटेल, आवरण स्किन क्लिनिक प्रालि, यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट प्रालि, तुसाल मल्टी भेन्यू प्रालि, अन्नपूर्ण चिया हब, किंग्स प्यालेस प्रालि, भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटीजस्ता १४ वटा विभिन्न मर्चेन्टसँग २० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ।

बैंकले यसरी नै ग्राहकलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outletsमा उपलब्ध छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्।

4435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका