जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल लाइफले सार्वजनिक गर्‍यो २०८१ सालको क्यालेन्डर

नेपाल लाइफले सार्वजनिक गर्‍यो २०८१ सालको क्यालेन्डर

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

बिहीबार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले क्यालेन्डर अनावरण गरे । कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीको उपस्थिति थियो ।

बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गरिने बताए । उनले सरोकारवालाको अपेक्षा पूरा गर्न कम्पनी प्रतिबद्ध रहेको समेत बताए ।

555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका