जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल लाइफद्धारा मृतकको परिवारलाई ११ लाख ९५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्धारा मृतकको परिवारलाई ११ लाख ९५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक मणी भट्टराईको बुबा मेदनी प्रसाद भट्टराईलाई ११ लाख ९५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ ।

मृतक भट्टराईले२०७४ साल माघ १४ गते १० लाख रुपैयाँको नौलो जीवन समृद्धि जीवन बीमा योजना खरिद गरी बीमा गराएका थिए । उनले तीन किस्ता बीमाशुल्क जम्मा गरेका थिए । उनलाई उनको बीमा रकम १० लाख रुपैयाँ र बोनश वापत १ लाख ९५ हजार रुपैयाँ गरी कम्पनीले जम्मा ११ लाख ९५ हजार रुपैयाँ दिएको जनाएको छ ।

उनको २०७७ साल मंसिर ३० गते असमयिक निधन भएको थियो ।

 

8660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका