जोडिनुहोस
शुक्रबार, जेष्ठ २९, २०८३
शुक्रबार, जेष्ठ २९, २०८३
  • होमपेज
  • बीमाको डरलाग्दो दाबी भुक्तानी !

बीमाको डरलाग्दो दाबी भुक्तानी !

चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनासम्म आइपुग्दा बीमा कम्पनी (जीवन र निर्जीवन) हरुले झण्डै ५८ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैतसम्मको तथ्याङ अनुसार बीमा कम्पनीबाट ५७ अर्ब ९७ करोड ५० लाख रुपैयाँ बढी बीमा दाबी भुक्तानी गरेका हुन् ।

बीमा दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १४.१५ प्रतिशतले कम हो । बीमा कम्पनीहरुले अघिल्लो वर्षको बैशाख मसान्तसम्ममा ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा जीवन बीमा कम्पनीबाट १ लाख ५९ हजार ३०२ वटा दाबीको ३४ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ भुक्तानी भएको छ । अघिल्लो वर्ष सोहि अवधिसम्म जीवन बीमा कम्पनीहरुले २ लाख १८ हजार ९५१ वटा दाबीको ४८ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

समिक्षा अवधिमा निर्जीवन बीमकले १ लाख २५ हजार ७८२ वटा दाबीको २३ अर्ब ३६ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेका छन् । उक्त भुक्तानी गत वर्षको सोही अवधिसम्म १ लाख १३ हजार ९३७ वटा दाबीको १८ अर्ब ५७ करोड ८५ लाख गरेका थिए ।

चालु आर्थिक वर्षको १० त्रैमाससम्मका बीमा कम्पनीहरुले अझै ५१ अर्ब १४ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको देखिएको छ । बीमा कम्पनीहरुले अझै १ लाख ७८ हजार ६० दाबी भुक्तानी गर्ने बाँकी रहेको हो ।

यसअवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ६१ हजार ६४९ वटा दाबीको ५ अर्ब ५२ करोड ४१ जार रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा ५३ हजार ४८१ दाबी संख्याको ४ अर्ब ४५ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुबाट १ लाख充१६ हजार ४४१ दाबी संख्या बापतको ४५ अर्ब ६१ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको छ । सचेत भया ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?