जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लक्ष्मी सनराइज बैंकद्वारा अमृत साइन्स क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लक्ष्मी सनराइज बैंकले ग्लोबल मनी विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ग्लोबल मनी विकको ‘प्रोटेक्ट योअर मनी, सेभ योअर फ्युचर’ नाराका साथ काठमाडौं लैनचौर स्थित अमृत साइन्स क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र व्यवहारको बारेमा प्रशिक्षण दिइएकोे थियो ।

बैंकका हेडफ रिकभरी एण्ड एसेट्स म्यानेजम्यान्टका दीपक पण्डित, हेडफ रिकभरीका रजित पौडेल, अधिकृतद्धय समिर मान सँगत र टेक विष्टले कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न विषयमा छलफल गराएका थिए ।

विद्यार्थीहरुलाई बचत, बजेटिङ, कर्जा, डिजटिल बैंकिङ, साइबर ठगी र वित्तीय फ्रडविरुद्ध प्रशिक्षण दिएका हुन् ।
पण्डितले लक्ष्मी सनराइज बैंक देशभर वित्तीय साक्षरता बढाउने प्रतिबद्धतामा अडिग रहेको बताए ।


उनले लक्ष्मी सनराइज बैंकले सुलभ वित्तीय सेवा प्रदान गर्नुका साथै आर्थिक समावेशीकण र सशक्तिकरणमा जोड दिएको स्पष्ट पारे ।

2795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका