जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्कसँगै नाफामा समेत गिरावट

गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्कसँगै नाफामा समेत गिरावट

 गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क र खुद नाफा दुबैमा गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा ८६ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्कमा १०.३० प्रतिशतको गिरावट आएको हो ।

गत आवको यसै अवधिमा कम्पनीले ९६ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफा समेत गिरावट आएको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ४.१५ प्रतिशतले घटेर ४ करोड ९ लाख ९९ हजार रुपैयाँमा सीमित भएको हो ।

गत वर्षको यसै अवधिमा कम्पनीले ४ करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको यो नाफामा बीमाङ्कीय मूल्याङ्कनपछि भने फेरबदल हुन सक्नेछ ।

कम्पनीको जीवन बीमा कोषको आकार १० अर्ब ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ८ रुपैयाँ ३० पैसा छ ।

यस अवधिमा ६४ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड २९ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले अभिकर्ता कमिसन शीर्षकमा ९ करोड ७७ लाख रुपैयाँ खर्च गरेको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले यस शीर्षकमा खर्च १० करोड ७७ लाख रुपैयाँ खर्च गरेको थियो ।

5865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका