जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिजको टिजर सार्वजनिक

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिजको टिजर सार्वजनिक

कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज ‘केएसबिबिएलः फाइनान्सियल फुटस्टेप्स’को टिजर भिडियो सार्वजनिक गरेको छ ।

नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ । १३ वटा श्रृङ्खला भएको सो भिडियो विभिन्न आर्थिक चुनौतीहरु र माईलस्टोनहरु पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जिवनलाई पछ्याउँछ ।

प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको छ ।

भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले जनाएको छ ।

सो भिडियो सिरिज प्रत्येक हप्ताको आईतबार बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैंकले जनाएको छ । बैंकले बचत, ऋण तथा बैंकिङ कारोवार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

2490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका