जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिन्धु विकास बैंकको लाभांश पारित

सिन्धु विकास बैंकको लाभांश पारित

सिन्धु विकास बैंकको साधारणसभाले लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न १० औं बार्षिक साधारणसभाले खुद मुनाफाबाट ११.५१३९ प्रतिशत बोनस शेयर तथा ०.५७५६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको हो  ।

साथै बैंकको सर्वसाधारण समुहको तर्फबाट रिक्त रहेको २ जना संचालकहरुमा संजिव प्रधान र  हिरा के.सी. निर्बिरोध निर्वाचित भएका छन  । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनमा प्रदेश नं. ३ को अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजाने लक्ष्य लिएको जानकारी गराएका छन ।

०६७ साल भाद्र २४ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट राखी कारोवार संचालन गरेको बैंकले हाल सम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २२ शाखा र २ सिमिति बैकिङ्ग ईकाई गरी कुल २४ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

6480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?