जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • सानिमा बैंकद्वारा ‘सानिमा सुपर सेभिङ खाता’अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा ‘सानिमा सुपर सेभिङ खाता’अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा सुपर सेभिङ खाताअन्तर्गतरु. १० लाखका दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।  

सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मती मुना पौडेलले संयुक्त रुपमा बीमा रकम हस्तान्तरण गरेका हुन् ।

दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटांैडा शाखामा सानिमा सुपर सेभिङ खाता खोलेका थिए ।  

सानिमा बैंकले सानिमा सुपर सेभिङ खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. १० हजारसम्मको ओपीडी भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु.५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।  

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका