जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकले बढायो कर्जाको ब्याज

सिद्धार्थ बैंकले बढायो कर्जाको ब्याज

सिद्धार्थ बैंकले कात्तिक महिनामा कर्जाको ब्याज बढाउने भएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा कात्तिकमा कर्जाको ब्याज बढ्ने भएको छ ।

मुद्दती निक्षेप र बचतमा असोजकै ब्याजरलाई कायम राखेको बैंकले कात्तिकमा भने कर्जा ब्याज बढाउन लागेको हो । साउनको तुलनामा भदौमा बैंकमा आधारदर बढेको छ । आधारदर बढेका कारण कर्जाको ब्याजदर बढ्ने भएको हो । साउनमा बैंकको आधारदर ९.५० प्रतिशत रहेको थियो । भदौमा बढेर ९.८५ प्रतिशत पुगेको छ ।

असोजमा बैंकबाट कर्जा लिनेले अधिकतम १५.५ प्रतिशतसम्म ब्याज तिर्नु पर्ने थियो । अब बैंकबाट कर्जा लिँदा १५.८५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ ।

बैंकको आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थपिने छ । बैंकबाट ओभरड्राफ्ट, आयातका लागि कर्जा, वर्किङ क्यापिटल लोन, सर्ट टर्म लोन, होम लोन, अटो लोन, सेयर धितोकर्जा लगायत अन्य खालका कर्जा लिँदा १५.८५ प्रतिशत ब्याज लाग्नेछ ।

बैंकबाट ५ वर्षसम्मका लागि १५ लाखसम्म होम लोन लिँदा १२.९९, ५ देखि १० वर्ष अवधिका लागि १३.४९ र १० वर्ष भन्दा माथीका लागि १४ प्रतिशत ब्याज लाग्नेछ ।

यस्तै ५ वर्षसम्मका लागि १५ लाख भन्दा बढी होम लोन लिँदा १२.९९, ५ देखि १० वर्षसम्मका लागि १३.४९ र १० वर्षभन्दा बढी अवधिका लागि उक्त लोन लिँदा १४ प्रतिशत ब्याज पाइने छ । ५ वर्षसम्मका लागि मोटरेज लिँदा १५, ५ देखि १० वर्षसम्मका लागि लिँदा १५.५ ० र १० वर्षदेखि बढी अवधिका लागि लिँदा १६ प्रतिशत ब्याज लाग्नेछ ।

५ वर्षसम्म हायर पर्चेज लोन लिँदा १४ र ५ वर्षभन्दा बढी अवधिका लागि लिँदा १४.५० प्रतिशत ब्याज लाग्नेछ । यस्तै ५ वर्षसम्मका लागि १३.५० प्रतिशत र ५ वर्षभन्दा बढी अवधिका लागि यस्तो कर्जा लिँदा १४ प्रतिशत ब्याज लाग्नेछ ।

1365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?