जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • इ-सेवाले ल्यायो एस्क्रो सुविधा

इ-सेवाले ल्यायो एस्क्रो सुविधा

इ-सेवाले अनलाइन कारोबार गर्दा हुने जोखिमलाई मध्यनजर गरी एस्क्रो सुविधा प्रयोगमा ल्याएको छ। यसले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

एस्क्रो सुविधा इसेवाको ‘सेन्डमनी’ भन्ने विकल्पमा उपलब्ध छ। अनलाइन सपिङलगायत कारोबार गर्दा ग्राहकहरू ठगिने क्रम बढेकाले यो सुविधा ल्याइएको कम्पनीको भनाइ छ।

के हो एस्क्रो सुविधा?

एस्क्रो सुविधाले अनलाइन लेनदेनहरूमा एक तटस्थ तेस्रो पक्षको रूपमा काम गर्छ। यसले खरिदकर्ता र विक्रेताहरूबीच सुरक्षित रकमको आदानप्रदान सुनिश्चित गर्छ।

कम्पनीका अनुसार सुरक्षित र भरपर्दो प्लेटफर्म प्रदान गरी एस्क्रो सुविधाले सम्भावित जोखिमहरूलाई कम गर्छ। यस्तै डिजिटल लेनदेनका लागि सुरक्षित वातावरणलाई बढावा दिन्छ।

प्रेषक र प्राप्तकर्ता दुवैलाई रकम स्थानान्तरण कारोबार गर्दा आश्वासन र सुरक्षा प्रदान गर्नु यो सुविधाको मुख्य उद्देश्य भएको कम्पनीले जनाएको छ।

एस्क्रो सुविधा प्रयोगबापत २५ हजार रुपैयाँसम्म १० रुपैयाँ सेवा शुल्क र ५० रुपैयाँ विवाद ह्यान्डलिङ शुल्क लाग्ने कम्पनीले जनाएको छ।

2800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका