जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • भीजी इम्पेक्स र एभरेष्ट बैंकबीच वित्तीय सम्झौता

भीजी इम्पेक्स र एभरेष्ट बैंकबीच वित्तीय सम्झौता

नेपालका लागि जीडब्लुएम सवारी साधनको एकमात्र आधिकारिक आयातकर्ता र वितरक भीजी इम्पेक्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच वित्तीय कारोबारसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा कम्पनीका भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र एभरेष्ट बैंकका उपमहाप्रबन्धक गौरवकुमारले हस्ताक्षर गरे ।

सम्झौतासँगै आईसीई सवारी साधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विङ्‍गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरू खरिदमा बैंकले वित्तीय सुविधा उपलब्ध गराउने छ ।

जीडब्लुएमका सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ यो सहकार्य गरिएको कम्पनीले बताएको छ ।

यसले ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनोट गर्न सक्छन् ।

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिका लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । ३ वर्षसम्मको कर्जा अवधिका लागि, न्यूनतम प्रभावकारी ब्याजदर १०.८० प्रतिशत रहनेछ ।

जीडब्लुएमका इलेक्ट्रिक गाडीका लागि ब्याजदर मात्र २.०० प्रतिशत (११.३० प्रतिशतको प्रभावकारी ब्याज दर) रहनेछ ।

जीडब्लुएमका आईसी मोडेलको गाडीका लागि ब्याजदर मात्र २.५० प्रतिशत (११.८० प्रतिशतको प्रभावकारी ब्याज दर) रहनेछ ।

जीडब्लुएमका इलेक्ट्रिक गाडीको लोन–टु–भ्यालु (लोन–टु–भ्यालु/बैंक फाइनान्स) मा ५० प्रतिशतसम्मको लगानीमा ब्याजदरमा थप ०.५० प्रतिशत छुट उपलब्ध गराइने छ । सबै गाडीका लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारिण गरिएको छ ।

ग्राहकले अटो कर्जाका लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् । निर्धारित केही व्याजदरमा शर्तहरु लागू हुने कम्पनीले जनाएको छ ।

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका