जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंकका कर्मचारी र ग्राहकलाई पोखराको होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई पोखराको होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट

पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रालि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडका कर्मचारी र ग्राहकले विशेष छुट पाउने भएका छन्।

मंगलबार छुट्टाछुट्टै समारोहका बीच विशेष छुटसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट संचालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकीका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारले आवास, खाना, मनोरञ्जन सभाहल र पौडी लगायतका होटल सरोवरमा उपलब्ध सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु खाना, खाजा, तथा मनोरञ्जनका सुविधामा पनि विशेष छुट पाइनेछ।
साथै, प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा पनि उक्त सुविधाहरू सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरू, २८५ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर रहेका छन्।

2780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका