जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • वाणिज्य बैंकहरुमा सस्तियो कर्जा

वाणिज्य बैंकहरुमा सस्तियो कर्जा

वाणिज्य बैंकहरुमा कर्जाको ब्याजदर २.३१ प्रतिशत विन्दुले सस्तिएको छ। पछिल्लो एक वर्षमा ऋणीहरुले तिर्ने कर्जाको ब्याजदर २.३१ प्रतिशत विन्दुले सस्तिएको हो।

पोहोर वैशाखमा वाणिज्य बैंकका ऋणीले कर्जाको औसत ब्याजदर १२.६५ प्रतिशत तिरेकामा २०८१ वैशाखमा आइपुग्दा १०.३४ प्रतिशतमा झरेको छ।

आर्थिक गतिविधिमा सुस्तताका कारण अपेक्षित रुपमा कर्जाको माग नभएपछि बैंकहरुले केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएकामा लागत कम भएर आधार दर घटेपछि ऋण सस्तिन पुगेको हो।

वैशाख मसान्तमा वाणिज्य बैंकको निक्षेपको औसत ब्याजदर ६.३५ प्रतिशतमा आएको छ। गत वर्ष सोही अवधिमा निक्षेपको औसत ब्याजदर ८.०८ प्रतिशत थियो।

2840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका