जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • माछापुच्छ्रे बैंकको एकैपटक ७ शाखारहित सेवा सुरु, शाखारहित सेवा देशका १७२ स्थानमा

माछापुच्छ्रे बैंकको एकैपटक ७ शाखारहित सेवा सुरु, शाखारहित सेवा देशका १७२ स्थानमा

माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखाको पालुङ्गटार नगरपालिका ६, काठमाडौंको कीर्तिपुर नगरपालीका मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवनको रत्ननगर नगरपालिका ५, जुवाली तथा रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहाको सुखिपुर नगरपालिका २ छजनाचोकमा गरी ७ m शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो

बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा १ सय ७२ पुगेको छ ।

ग्राहक सेवा केन्द्रका रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने बैंकले जनाएको छ।  

बैंकले देशभर १ सय ६२ वटा शाखाहरु लगायत १ सय ७२ शाखारहित बैंकिङ सेवा र  ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३ सय ३९ स्थानबाट बैंकिङ सेवा दिँदै आएको जानकारी दिएको छ।

बैंको देशभर २०३ वटा एटीएमहरु संचालनमा छन् ।

1975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?