जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • रिलायबल नेपाल लाइफको चौतारा शाखाद्वारा मृत्यु दाबी भुक्तानी

रिलायबल नेपाल लाइफको चौतारा शाखाद्वारा मृत्यु दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चौतारा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ पिपलडाँडा घर भएकी मृतक सुजता खत्रीको जेठो छोरा इबेश खत्रीलाई दाबी वापतको रकम हरुतान्तरण गरिएको हो । चौतारा स्थित शाखा कार्यालयमा २ लाख २५ हजार ६ सय रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । ३ बर्ष अघि चौतारा शाखा कार्यालयबाट २ लाख रुपैयाँ बीमाङकको रिलायबल सुलभ जीबन बीमा योजना खरिद गरेकी खत्रीले तीन किस्ता भुक्तानी गरेकी थिइन् ।

आफ्नो आमा गुमाउनुको पिडा त छदै तर पनि आमाले रिलायबलमा थोरै भए पनि जीवन बीमा गरेको रहेछ अहिले मलाइ पढ्नको लागि खर्च पुग्ने भन्दै छोरा इबेश खत्रीले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलार्इ धन्यबाद ब्यक्त गरे।

रिलायबल लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक लक्ष्मण बिष्टले जीवनमा मानिसलाइ कति खेर के बिपत्ति आइपर्छ थाहा हुदैन तर जीवन बीमा गरिराखे आपत पर्दा आर्थिक रुपमा सहयोग बीमा कम्पनीले गर्ने भएकाले बीमा सबैले गर्नुपर्ने बताए ।

2515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका