जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खल्तीको मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक पाइने अफर

खल्तीको मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक पाइने अफर

खल्तीले मा दर्ता गरिएको आफ्नो मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक पाइने अफर खल्ती डिजिटल वालेट ले ल्याएको छ। यो अफर टपअप सेवामा हालसम्म नेपाल कै सबै भन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको छ।

प्रयोगकर्ताहरुको लागि रहेको यस अफरले मोबाइल टप अप गर्न रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई न्युनिकरण गरि ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक शिरिष श्रेष्ठले बताए।

एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आईडी कै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ ।

यो योजना सिमित समयावधिको मात्र लागि रहेको छ । हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम क्यासब्याक १०० रुपैयाँ हुनेछ। त्यसपश्चात् १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ। आफ्नो बाहेक अरुको नम्बर रिचार्ज मा पनि सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ। रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्री मा पुरै क्यासब्याक पाएको देख्न सकिनेछ।

10230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?