जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • कुमारी बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

कुमारी बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

कुमारी बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ द्वारा सम्मानित भएको छ। बैंकले फिनाकल कोर बैंकिङ सफ्टवेयर मार्फत सरल र सुरक्षित सेवा दिँदै आएको जनाएको छ।

इन्फोसिसद्वारा आयोजित अर्वाड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरूमध्ये कुमारी बैंक ‘कोर बैंकिङ ट्रान्स्फर्मेसन’ विधातर्फ उत्कृष्ट भएको छ। उक्त उपलब्धिका लागि कुमारी बैंक ‘प्रोसेस इनोभेसन’ श्रेणीमा स्वर्ण विजेता घोषित भएको छ।

इन्फोसिसको फिनाकल कोर बैंकिङ सफ्टवेयरले बैंकिङ क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको बैंकले जनाएको छ। यो उपाधिले भविष्यमा नवीन प्रविधिमार्फत बैंकिङ क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिबद्ध रहको बैंकले बताएको छ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

2675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?