जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • इन्स्योरेन्स कम्पनीमै पहिलोपटक सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलोपटक सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा

नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलोपटक वैशाख ९ गतेबाट लागू हुने गरी भिडियोमार्फत केवाईसी लिने प्रक्रिया जारी गरेको छ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल (एजेन्ट पोर्टल)मार्फत प्राप्त हुन्छ। केवाईसीसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको छ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरण अभिकर्ता पोर्टलमार्फत पेस गरेपश्चात् ई–एप्लिकेसन डिक्लेरेसन फर्ममा आवश्यक विवरणहरु भरी स्क्यान गरी अनलाइनमार्फत रजिस्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ। प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसीसम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनुपर्नेछ।

यस भिडियो केवाईसीको सुविधाले बीमा अभिकर्तालाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा कम्पनीले गरेको छ। यस सुविधाबारे विस्तृत जानकारी कम्पनीको वेबसाइटमा उपलब्ध छ।

3110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका