जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • बैतडीको देहीमाडौंमा प्रभु बैंकको ३०३औँ शाखा संचालनमा

बैतडीको देहीमाडौंमा प्रभु बैंकको ३०३औँ शाखा संचालनमा

प्रभु बैंक लिमिटेडले बैतडीमा शाखा विस्तार गरेको छ। दशरथचन्द नगरपालिका वडा नम्बर २ स्थित देहीमाडौंमा बैंकले ३०३औँ शाखा संचालनमा ल्याएको हो।

बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्‍न ठाउँहरूमा शाखा कार्यालय संचालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ। यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि हुनुका साथै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकको दाबी छ।

देहीमाडौं शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुन पाउने बैंकको विश्वास छ। यसले यो क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले अपेक्षा गरेको छ।

2945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?