जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो । बानेश्वर शाखाका प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

त्यसैगरि बैंकको वीरगंज शाखाद्वारा अलखिया मठ संचालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण गरेको छ । अलखिया मठमा दर्शन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरुका लागि खानेपानीको आवश्यकता परिपुर्ति गर्ने हेतुले बैंकले समितिलाई उक्त सहयोग गरेको हो । वीरगंज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ संचालक समितिका अध्यक्ष सुपेन्द« बहादुर श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

उल्लेखित कार्यक्रम सँगसगै बैकको बिचबजार–धादिङ्ग शाखाद्वारा निलकण्ठ नगरपालिका वडा नं ७ मा अवस्थित कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्री हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत गरीब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु मध्येबाट गरीब तथा जेहेन्दार पाँच जना विद्यार्थीहरुलाई शैक्षिक आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले उक्त छात्रवृत्री प्रदान गरेको हो ।

बिचबजार–धादिङ्ग शाखाका प्रमुख खिल प्रसाद सिलवालले विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीलाई छात्रवृत्री बराबरको रकमको चेक हस्तान्तरण गरेका थिए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैैकले जनाएको छ ।

1455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?