जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्सको धरान शाखाले बराहक्षेत्र–१, सुनसरीका स्व. बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित धन बहादुर राईको प्यारालाईसिस भई उपचारको क्रममा २०८०फागुन १५ गते मृत्यु भएकोले निजको श्रीमती बालासोरी राईलाई पुन रु १ लाखको चेक एक समारोह बिच हस्तान्तरण गरेको हो ।

उक्त चेक धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक कुमार राई, भानुभक्त आचार्य, लगायत व्यत्तिहरुको रोबरमा हस्तान्तण गरेको थिए। मृतक राई १५ वर्ष अगाडि एशियन लाईफको अन्त्यत लोकप्रिय बीमा योजना जसमा अवधि समाप्तिमा आफु जिवित हुदा आफै बीमा र बोनस पाउने र मृृत्यु पछि फेरी बीमा रकम पाउने सुखी सावधिक आजिवन बिमा योजनामा १ लाखको बीमा गरेकोमा १ वर्ष अगाडी १४ वर्ष पुरा भई १ लाख ५९ हजार निज जिवित हुदै कम्पनिले भुक्तानी गरीसकेको र निजको मृृत्यु पछि पनि फेरी रु १ लाख चेक निजको श्रीमतीलाई भुक्तानी गरेको हो। उक्त कार्याक्रममा मृतक आफन्तका परिवारले सरल ढंगबाट बिमा उपलब्ध गराएकोका एशियन लाइफलार्ई धन्यवाद दिएका थिए ।

3075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका