जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नेपाल लाइफ धनकुटाद्वारा १४ लाख रुपैयाँको मृत्युदावि भुक्तानी

नेपाल लाइफ धनकुटाद्वारा १४ लाख रुपैयाँको मृत्युदावि भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनकुटा शाखा कार्यालयले बीमित मित्र बहादुर खड्काको मृत्यु दावी भुक्तानी गरेको हो ।

कम्पनीमा बैदेशिक बीमा गरि केही महिना अघि बैदेशिक रोजगारीको शीलसीलामा मलेसिया पुगेका बीमित खड्काको आकास्मिक निधन भएपश्चात बीमा दावी वापत १४ लाख रुपैयाँको चेक उनकी श्रीमती सुशिला खत्रीलाई एक कार्यक्रमको माझ चैत २३ गते हस्तान्तरण गरेको धनकुटा उपशाखा प्रमुख निमेन्द्र लिम्बुले जानकारी दिए ।

बीमाले घटिसकेको घटनालाई घटना हुनुभन्दा पहिला कै अवस्थामा त ल्याउदैन तर घरको मुख्य अभिभावकको अभावमा परिवारमा आउने चरम आर्थिक संकटलाई कम गर्न बीमा बापतको पैसाले अवश्य पनि सहयोग गर्ने धनकुटा उपशाखा प्रमुख निमेन्द्र लिम्बुले बताए ।

‘बीमा हरेक नागरिकहरुको साथि हो । जस्ले भोलीको दिनमा बीमा मार्फतको एकमुष्ठ रकमले परिवारमा समृद्धि ल्याउन साथै भविष्यमा निम्तिने मानविय जोखिमहरु जस्तै दुर्घटनाबाट असक्तता भएमा, लोन सुविधा चाहिएमा, घातक रोगहरु लागेमा ५० लाखसम्मको उपचार खर्च सुविधा, र मृत्यूलाभ सुविधा पाउन सकिन्छ भने सरकारि साथै गैरसरकारि क्षेत्रमा काम गर्ने कर्मचारिहरुलाइ बार्षिक ४०,००० रुपैयाँमा कर छुटको सुविधा नेपाल सरकारले व्यावस्था गरेको छ’ उपशाखा प्रमुख लिम्बुले बताए ।

कार्यक्रममा कम्पनीका वरिष्ठ एजेन्सि म्यानेजर दिपेन्द्र निरौला, एजेन्सि म्यानेजरहरु वेशराज खत्री र कमल बहादुर खत्रीको उपस्थिती रहेको थियो ।

385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका