जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • गुरु ट्राभल्स लिमिटेड र एनएमबि बैंकबीच व्यवसायिक सहकार्य हुने

गुरु ट्राभल्स लिमिटेड र एनएमबि बैंकबीच व्यवसायिक सहकार्य हुने

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरू ट्राभल्स लिमिटेड र एनएमबि बैंकबीच व्यवसायिक सहकार्य हुने भएको छ। 

उक्त कार्यका लागि एनएमबि बैंकको तर्फबाट प्रबन्धक एडीसी सेल्स निर्विक सापकोटा तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालक अधिकृत अनिल धरेलले मंगलबार आयोजित एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

सहमति  पत्रमा उल्लेख भए अनुसार एनएमबि बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको विशेष छूटका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ।

यसैगरी, गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा ५०० रुपैयाँ बराबरको विशेष छूटलगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने छन्। 

त्यस्तै सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरू पनि आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने सहमति पनि भएको छ। 

कार्यक्रममा एनएमबि बैंकको तर्फबाट बबरमहल शाखा प्रबन्धक सापकोटाले यस किसिमको सहकार्यमा जोडिन पाउँदा खुसी लागेको बताए।

 गुरू ट्राभल्सका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास रहेको उनको भनाइ छ।

455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका