जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ललिता निवासको २२ रोपनी जग्गा सासु, श्रीमती र सालोको नाममा कर्मचारीलाई बकस

ललिता निवासको २२ रोपनी जग्गा सासु, श्रीमती र सालोको नाममा कर्मचारीलाई बकस

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा सरकारी लिखत कीर्ते गरेर हडप्न ९ जना कर्मचारी र दुई विचौलियालाई २२ रोपनी १० आना जग्गा बकस दिएको पाइएको छ ।

सरकारी छाप दस्तखत कीर्ते र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउँदैछ । त्यसमा जग्गा हडप्न सहयोग गरेवापत २२ रोपनी १० आना जग्गा घुस लिने कर्मचारी र विचौलियाको विवरण उल्लेख गरिएको छ ।

ती जग्गा २०४९ देखि ०५१ सालको अवधिमा व्यक्तिको नाममा गएको प्रतिवेदनमा उल्लेख छ । रायसहितको प्रतिवेदनमा उल्लेख भएअनुसार मालपोत विभागमा २०४६ सालको मंसिरदेखि ०४७ सालको केही समयसम्म मालपोत अधिकृत रहेका प्रेमबहादुर खापुङले १ रोपनी १४ आना २ पैसा जग्गा लिएका थिए । उनले श्रीमती खिमादेवी आङबुहाङ र भिनाजु मोहनप्रसाद भट्टराईको नाममा जग्गा लिएको अनुसन्धानबाट खुलेको छ ।

सीआईबीसँग कागज गर्दै उनकी श्रीमती खिमादेवीले अरु केहीसँग मिलेर जग्गा प्राप्त गरेको भएपनि कसरी किनेको भन्ने थाहा नभएको बताएका छन् । ‘त्यो जग्गा सुवेदी थरका व्यक्तिहरुलाई २०६१ सालतिर बेचेको भन्ने सुनेको हुँ’, उनले भनेका छन् । ललिता निवासको हडप्ने क्रममा तयार गरिएको केही सरकारी कागजातमा उनको हस्ताक्षर पनि फेला परेको छ । तर, उनले ‘सम्बन्धित फाँटवालाले ल्याएको कागजातहरु विश्वासमा परेर सही गरी पठाएको’ भनेका छन् ।

मालपोत कार्यालय, भक्तपुरका तत्कालीन शाखा अधिकृत (पूर्वनिर्वाचन आयुक्त) सुधीर शाहले श्रीमती उर्मिला शाहको नाममा ११ आना २ पैसा जग्गा लिएको उल्लेख छ । शाह अहिले सीआईबीको हिरासतमा छन् ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारीले श्रीमती भुवनकुमारी चापागाईंको नाममा ३ रोपनी ५ आना जग्गा लिएको प्रतिवेदनमा उल्लेख छ । शाह र चापागाईं दुवैले सीआईबीसँग आफूहरुले जग्गा खरिद गरेको दाबी गरेका छन् ।

सुधीर पत्नी उर्मिला शाह र गेहनाथ पत्नी भुवनकुमारी चापागाईंको नाममा कित्ता नं. ३६ को १ रोपनी २ पैसा जग्गा भेटिएको छ । भण्डारीले सासु सोदाकुमारी चापागाईंको नाममा कित्ता नं. १९ को १० आना जग्गा राखेको देखिएको सीआईबीको रायसहितको प्रतिवेदनमा उल्लेख छ ।

मालपोत विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङले सालो मोहनप्रसाद भट्टराई र उनकी श्रीमती शशीकला सुब्बाको नाममा कित्ता नंं १३ को १ रोपनी ३ आना जग्गा लिएको भनिएको छ ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा जगत पुडासैनीले दिदी मिठुदेवी चापागाईंको नाममा कित्ता नम्बर २७ को १ रोपनी १० आना २ पैसा जग्गा लिएको उल्लेख छ । सरकारले राजनीतिक कारणले जफत गरेको जग्गा २०४७ सालमा हदबन्दी टुंगो लगाएर गृह मन्त्रालयमार्फत फिर्ता दिने निर्णय भएको थियो । तर, त्यसको विपरीत सुनीति राणा समेतको नाममा जग्गा दर्ता गर्न पुडासैनी समेतको संलग्नता रहेको सीआईबी निष्कर्ष छ ।

पुडासैनी नासु रहेका बेला प्रमुख मालपोत अधिकृत कलाधर देउजाले साढु दाइ इन्द्रबहादुर थापाको नाममा कित्ता नं. २८ को २ रोपनी ८ आना जग्गा लिएका छन् । मालपोत विभागका तत्कालीन निर्देशक मुकुन्दप्रसाद आचार्यले १ रोपनी जग्गा ज्वाईं बैकुण्ठ शर्मा रेग्मीको नाममा लिएको भेटिएको छ ।

देउजाको निर्णयका आधारमा २३ पुस २०४९ मा मिसिल नम्बर १०२४ को आधारमा २८ रोपनी १५ आना १ पैसा क्षेत्रफलको १९ कित्ता सरकारी जग्गा व्यक्तिको नाममा गएको सीआईबीको अनुसन्धानले देखाएको छ । ‘श्री ५ को सरकार गुठी’को नामको श्रेस्ता खारेज गरेर उनले सुनीति राणा, हेमन शमशेर जबरा र हाटक शमशेर जबरा समेतको नाममा जग्गा पास गरिदिएका थिए ।

कित्ता नं. २५ समेतको ७ रोपनी १४ आना जग्गा पनि श्री ५ को सरकार गुठी नामको श्रेस्ता खारेज गरेर व्यक्तिको नाममा लगेको खुलेको छ ।

समरजंग कम्पनीका तत्कालीन सह–लेखापाल विनोदप्रसाद पौडेलले श्रीमती विद्या पौडेल गौतमको नाममा कित्ता नं. २१ र ३४ को २ आना र ११ आना जग्गा लिएको पाइएको छ । गृह मन्त्रालयको समरजंग कम्पनीमा अर्जुन भण्डारीको प्रमुख रहेका बेला विचौलियाले ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा नक्कली पशुपति टिकिन्छा गुठीको नाममा लैजाने प्रयास थालेका थिए ।

अनुसन्धान अधिकृतहरूका अनुसार, २०१७ सालको अंशबण्डाको लिखतमा गुठीको नाम उल्लेख छैन । २०२३ सालको नापीमा पनि गुठीको नाम श्री ५ को सरकार उल्लेख छ । २०४१ र २०४७ सालको नापीको फिल्ड बुकमा अहिले हडपिएको भनिएको जग्गाको धनी श्री ५ को सरकार समरजंग कम्पनी उल्लेख रहेको अधिकृतहरू बताउँछन् । तर, समरजंग कम्पनीको नाममा भएको २१ कित्ता जग्गा पशुपति टिकिन्छा गुठीको भएको भन्दै आशामाया महर्जनसहित १३ जना मोही भनिएकाको वारेसमा रामकुमार सुवेदीले गुठी संस्थानमा निवेदन दिएका थिए ।

त्यसक्रममा संस्थानको तहसिल शाखाले ३२ असार २०५९ मा ‘सो जग्गाहरू समरजंग कम्पनी अन्तर्गतको कस्तो प्रकृतिको जग्गा हो ? निवेदकको मागदाबी अनुसार गुठी कायम गर्न मिल्ने जग्गा हो वा होइन ? सो सम्बन्धी कार्यालयको प्रतिक्रिया पठाइदिन’ भन्दै पत्राचार गरेको थियो । जवाफमा भण्डारीले ‘उल्लेखित जग्गाको रेकर्ड नभेटिएको’ जवाफ पठाएका थिए । त्यही आधारमा जग्गा हडप्ने प्रक्रिया सुरु भएको अधिकृतहरुको भनाइ छ ।

पछि गुठी संस्थानबाट त्यो जग्गाहरुको सम्बन्धमा अभिलेख पठाउन भनेर पत्राचार हुँदा विनोदले गलत प्रलोभनमा परेर आफ्नो जिम्मामा रहेको जग्गाको अभिलेख नष्ट गरेको सीआईबीको निष्कर्ष छ । उनले गुठी संस्थानले सार्वजनिक सूचना जारी गर्दा समेत ‘मौन बस्दा समरजंग कम्पनीको हक मर्न गएको’ सीआईबीको निष्कर्ष छ ।

मालपोत कार्यालय, डिल्लीबजारका खरिदार युक्तप्रसाद श्रेष्ठले बहिनी निर्मलादेवीको नाममा कित्ता नं. २० र २६ को क्रमशः ५ आना र १ रोपनी ८ आना जग्गा लिएका रायसहितको प्रतिवेदनमा उल्लेख छ ।

विचौलिया रामकल्याण अधिकारी र रामनाथ घिमिरेले पनि ललिता निवासभित्रको जग्गा लिएका छन् । अधिकारीले कित्ता नं. ९२ को ८ आना र कित्ता नं. ७० को २ रोपनी ४ आना जग्गा लिएका छन् । घिमिरेले कित्ता नं. ८३ को ३ रोपनी ४ आना जग्गा लिएका छन् ।

हेर्नुस् सूची

सि.नं. जग्गा लिनेको नाम, थर कि.नं. क्षेत्रफल 

(रोपनी)

र.नं. र मिति सरकारी कर्मचारी नाता सम्बन्ध
नाम कार्यालय
खिमादेवी आङबुहाङ २३ ह- कि.नं. १८ १-१४-२-० ४१२४/०४९।८।१ प्रेम बहादुर खापुङ मालपोत विभाग, शा.अ. श्रीमान्-श्रीमती र 

साला-भेना

मोहन प्रसाद भट्टराई
उर्मीला शाह २३ ह- कि.नं. ११ र १७ ०-११-२-० र ३-५-०-० ४१२३/०४९।८।१ सुधिर शाह मालपोत का. भक्तपुर,  शा.अ. श्रीमान्-श्रीमती
भुवन कुमारी चापागाई
गेहनाथ भण्डारी राष्ट्रिय योजना आयोग, शा अ श्रीमान्-श्रीमती
उर्मीला शाह २३ ह- कि.नं. ३६ १-०-२-० १५२१०/०५०।२।२६ सुधिर शाह मालपोत का. भक्तपुर,  शा.अ. श्रीमान्-श्रीमती
भुवन कुमारी चापागाई गेहनाथ भण्डारी राष्ट्रिय योजना आयोग, शा. अ. श्रीमान्-श्रीमती
सोदा कुमारी चापागाई २३ ह- कि.नं. १९ ०-१०-०-० १५२०९/०५०।२।२६ गेहनाथ भण्डारी राष्ट्रिय योजना आयोग, शा. अ. सासु-ज्वाईँ
शसीकला सुब्बा २३ ह- कि.नं. १३ १-३-०-० १५२१३/०५०।२।१६ प्रेम बहादुर खापुङ मालपोत विभाग, शा.अ. साला-भेना
मोहन प्रसाद भट्टराई प्रेम बहादुर खापुङ मालपोत विभागको शा.अ. सालाको श्रीमति
मिठु देवी चापागाई २३ ह- कि.नं. २७ र २८ १-१०-२-० र 

२-८-०-०

४१२२/०४९।८।१ जगत पुडासैनी मा.पो. डिल्लीबजार, ना.सु. दिदी- भाई
ईन्द्र बहादुर थापा कलाधर  देउजा प्र.मा.अ. डिल्लीबजार साढु दाई-भाई
वैकुण्ठ शर्मा रेग्मी २३ क्ष कि.नं. २२ १-०-०-० ७२६१/०४९।१०।१८ मुकुन्द प्रसाद आचार्य मालपोत विभाग, निर्देशक ज्वाई-ससुरा
विद्या पौडेल गौतम २३ ह कि.नं. २१ र ३४ ०-३-०-० र 

०-११-०-०

१५२१२/०५०।२।२६ बिनोद प्रसाद पौडेल समरजंग कम्पनी, सह-लेखापाल श्रीमान-श्रीमती
निर्मलादेवी श्रेष्ठ २३ क्ष कि.नं. २० र २६ ०-५-०-० र 

१-८-०-०

१५२११/०५०।२।२६ युक्त प्रसाद श्रेष्ठ मा.पो. डिल्लीबजार, खरिदार दाजु-बहिनी
१० राम कल्याण अधिकारी २३ क्ष कि.नं. ९२ र ७० ०-८-०-० र 

२-४-०-०

६३९५/०५१।१०।०४ बिचौलिया
११ राम नाथ घिमिरे २३ क्ष कि.नं. ८३ ३-४-०-० ६३९४/०५१।१०।०४ बिचौलिया
जम्मा २२-१०-०-०

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका