जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • रिलायन्स छिर्‍यो सीआईबी, कृत्रिम नाफा देखाएर महँगो आईपीओबारे अनुसन्धान

रिलायन्स छिर्‍यो सीआईबी, कृत्रिम नाफा देखाएर महँगो आईपीओबारे अनुसन्धान

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत निष्कासन गरेको साधारण सेयर (आईपीओ) का सम्बन्धमा नेपाल धितोपत्र बोर्डले अनुसन्धान सुरु गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको नाममा अस्वभाविक विवरणपत्र देखाएर सर्वसाधारणबाट बढी पैसा असुलेको विषमया बोर्डले अनुसन्धान गर्ने भएको हो ।

कृत्रिम नाफा देखाएर महँगोमा आईपीओ जारी गर्न लागेकोबारे नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो भने धितोपत्र बोर्डमा समेत गुनासो परेको थियो । आईपीओको नाममा लगानीकर्ता ठग्न लागेको भन्दै असार २६ गते सीआईबीमा उजुरी दिएका थिए । उक्त उजुरी परेपछि २७ गते ब्यूरोले धितोपत्र बोर्डलाई पहिलो चरणको अनुसन्धान गर्न भन्दै पत्र लेखेको छ ।

बिहीबार सीआईबीबाट पत्र प्राप्त भएको बोर्डका एक उच्च अधिकारीले बताए । उक्त विषयमा सम्बन्धित विभागले आन्तरिक रुपमा अध्ययन गरिरहेको र आगामी साताबाट अनुसन्धान सुरु हुने बताइएको छ ।

‘सीआईबीबाट पत्र आएको छ,’ बोर्डका ती अधिकारीले भने ‘अब सम्बन्धित विभागले अध्ययन गरिरहेको छ । अध्ययन सकेपछि अनुसन्धान गर्छ, अनुसन्धानपछि तयार हुने प्रतिवेदन सञ्चालक बोर्डमा पेश गरिन्छ । बोर्डमा छलफल भएपछि आएको सुझाव सहित थप अनुसन्धानका लागि सीआईबीमा पठाइने छ ।’

रिलायन्स स्पिनिङ मिललाई आईपीओ जारी गर्न दिने निर्णय कसरी गरियो भन्ने विषयमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले असार २५ गते धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ । रिलायन्सलाई बुक बिल्डिङमार्फत आईपीओ निष्काशन गर्दा मूल्य कसरी तय गरियो भन्ने विषयमा सात दिनभित्र स्पष्ट पार्न धितोपत्र बोर्डलाइ निर्देशन दिएको हो । बुक बिल्डिङमार्फत रिलायन्सले आइपिओ जारी गर्दा तयार भएका वित्तिय विवरणहरुमा छेडखानी गरे/नगरेको प्रष्ट पार्न समितिले बोर्डलाई निर्देशन दिएको हो ।

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट असार २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको थियो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासनको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्ता आवेदन दिनु पर्नेछ ।

कम्पनीले आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा देखाएपनि वास्तविक आम्दानी २ रुपैयाँ ८ पैसा रहेको भन्दै समितिले प्रक्षेपित विवरण र वास्तविक विवरण फरक पर्नुको कारण बोर्डसँग स्पष्टीकरण मागेको हो।

व्यवसायीद्वय पवन गोल्यान र शशीकान्त अग्रवालको लगानी रहेको रिलायन्सको आईपीओ निष्कासन प्रकृया हालका लागि स्थगन छ । बुक बिल्डिङबाट जारी हुन लागेको दोस्रो आईपीओको दोस्रो चरणमा वैदेशिक रोजगारीमा लागि आवेदन खुल्नु अघिल्लो दिन स्थगन भएको छ । अब आईपीओ जारी प्रक्रियाले बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएपछि मात्र निरन्तरता पाउनेछ।

480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै