जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • क्यान्टोनमेन्टमा भ्रष्टाचार नभएको प्रधानमन्त्री प्रचण्डको दाबी

क्यान्टोनमेन्टमा भ्रष्टाचार नभएको प्रधानमन्त्री प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको क्यान्टोन्मेन्टमा कुनै भ्रष्टाचार नभएको दाबी गरेका छन्। बिहीबार संसदमा सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले भ्रष्टाचारको आरोप आरोपका लागि मात्र भएको दाबी गर्दै यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले क्यान्टोन्मेन्टमा कुनै अनियमितता नभएको उल्लेख गर्दै दोषी ठहरिए जेल जान तयार रहेकोसमेत बताए।

‘क्यान्टोनमेन्टको भौतिक पूर्वाधार राज्यले दिएको रकम अडिट रहेको कुरा माननीयलाई जानकारी दिन चाहन्छु,’ प्रचण्डले भने, ‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित हो। दोषी ठहरिए म आफैं जेल जान तयार छु।’

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले लडाकुको नाममा तपाईंले भ्रष्टाचार गरेको आरोप तपाईंमाथि नै छ? भनेर प्रश्न गरेपछि प्रधानमन्त्रीले यसबारे प्रष्टीकरण दिएका हुन्।

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका