जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

नेपाल राष्ट्र बैंकले ९ जना कार्यकारी निर्देशकको सरुवा गरेको छ । जनशक्ति व्यवस्थापन विभागले पुस १३ गतेको निर्णय अनुसार पुस १७ गतेदेखि लागु हुने गरि विभागीय प्रमुखहरुको सरुवा गरेको जनाएको छ ।

जस अनुसार वित्तीय संस्था सुपरिवेक्षणका कार्यकारी निर्देशक पिताम्बर भण्डारीको मौद्रिक ब्यबस्थापन विभागमा सरुवा भएको छ भने सूचना प्रविधि विभागका कार्यकारी निर्देशक प्रदिपराज पौडेलको गैह्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागमा सरुवा भएको छ ।

मौद्रिक ब्यबस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यको ,मुद्रा ब्यबस्थापन विभागमा सरुवा भएको छ भने लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीको संस्थागत योजना तथा जोखिम ब्यबस्थापन विभागमा सरुवा भएको छ ।

मुद्रा ब्यबस्थापन विभागका कार्यकरी निर्देशक रेवती नेपालको लघुवित्त स्नास्था सुपरिवेक्षण विभागमा सरुवा भएको छ भने आन्तरिक लेखापरिक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाको वित्तीय संस्था सुपरिवेक्षण विभागमा सरुवा भएको छ ।

बैंकिंग विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरको सूचना प्रविधि विभागमा सरुवा भएको छ । संस्थागत योजना तथा जोखिम ब्यबस्थापन विभागका कार्यकारी निर्देशक दयाराम शर्मा बैंकिंग विभागमा सरुवा भएका छन् । त्यस्तै गैह्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकरी निर्देशक विमलराज खनालको आन्तरिक लेखापरिक्षण विभागमा सरुवा भएको छ।

1710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका