जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • आइडियल यमुना सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध ठगी मुद्दा: बचतकर्ताको ८ हजारदेखि सवा करोडसम्म हिनामिना

आइडियल यमुना सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध ठगी मुद्दा: बचतकर्ताको ८ हजारदेखि सवा करोडसम्म हिनामिना

आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी) सहित ९ जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले १५ करोड ७७ लाख २ हजार ४० रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो।मुद्दामा ८ जनालाई फरार प्रतिवादी बनाइएको छ। अध्यक्ष उप्रेती असार १९ गते पक्राउ परेका थिए।

सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, कोषाध्यक्ष मुकुन्दप्रसाद पाण्डे, सदस्यहरू बद्री महत, प्रकाशमान शाही खड्गी, अरुण भण्डारी, विष्णुप्रसाद रिमाल र राजु पौडेल फरार छन्।

उप्रेती समूहले हाम्रो सगरमाथा सहकारी एकीकृतपछि र अघि २०३ जना बचतकर्ताको रकम हिनामिना गरेको उजुरी परेको थियो। तीमध्ये ८ हजार रुपैयाँ बचतदेखि १ करोड २९ लाख रुपैयाँसम्म हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

2705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका