

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भन्डारीज्यूको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा होटल हिल्टन, काठमाडौंमो सम्पन्न भयो । यस अवसरमा माननीय मन्त्री दामोदर भण्डारीको उपस्थितिमा नेपाल मैदा उद्योग संघ र भारतको Agriwatch कम्पनी बिच कषि क्षेत्रमा सुचना प्रवाह, विश्लेषण र परामर्श शेवाहरु प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरीयो । भु(उपग्रह माध्यम प्रयोग गरी नेपालको कृषी क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यो सम्झौता भएको छ ।
यस सम्झोैताबाट नेपालको नेपालको कृषि वस्तुहरूको मुल्य संकलन गर्छ । यसले दैनिक, साप्ताहिक, र मासिक रिपोर्टहरू मार्फत बजार विश्लेषण प्रदान जसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग र्पुयाउँछ । कृषि वस्तु अनुसन्धान र परामर्श कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदान गर्दछ, जसमा उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरू समावेश छन् । कृषि निवेश अध्ययन र सल्लाह बीउ, मल, र अन्य कृषि निवेशको अध्ययन र सल्लाह प्रदान गर्दछ । कृषकहरूलाई उपयुक्त वालि छनोट गर्न मद्दत गर्दछ । डिजिटल कृषि समाधानहरू डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र बजार जडान सेवाहरू प्रदान गरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ । जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउन पर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ । कृषि समाचार र जानकारी एग्रीवाचले कृषि सम्बन्धी ताजा समाचार, वस्तु मुल्यहरू, र बजार रिपोर्टहरू प्रकाशित गर्दछ, जसले कृषक र अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी प्रदान गर्दछ ।
साथैे यस कार्यक्रमको अर्को प्रमुख उपलब्धि भनेको भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेडका प्रबन्ध निर्देशक उनुपम कौशिकको उपस्थिति रह्यो । भारत सरकारले कृषि क्षेत्रको प्रबद्र्धन र कोटा निर्यात लगाएत कृषि संग सम्बन्धित बिषयमा एनसिईएललाई पूर्ण अधिकार प्रत्यायोजन गर्ने हुंदा भारतको औद्योगिक बस्तु निर्यातमा एनसिईएलको ठुलो हात रहेको छ । भारतले नेपाललाई दिएको २ लाख टन गहुं लगाएत विगतमा चिनी लगाएतका खाद्यान्न नेपाल आयात गर्दा एनसिईएल मार्फतनै आयात गरीएको थियो । एनसिईएल र नेपालको सम्बन्धमा अझ प्रगाढ ल्याउने उद्देश्य अनुरुप प्रबन्ध निर्देशकलाई संघको बिषेश अनुरोधमा नेपाला आमन्त्रण गरीएको हो । साथै सभामा नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघको संस्थापक अध्यक्ष रविन्द्र बहादुर श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरीएको थियो ।