जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्स कंचनपुर उप–शाखाका मोकेन्द्र यादव समृद्धि पदकबाट सम्मानित

नेपाल लाइफ इन्स्योरेन्स कंचनपुर उप–शाखाका मोकेन्द्र यादव समृद्धि पदकबाट सम्मानित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रममा मधेश प्रदेश अन्तर्गत कंचनपुर उप–शाखामा कार्यरत वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादबलाई समृद्धि पदकबाट बिभुषित गरिएको कंचनपुर उप–शाखाका प्रमुख जय कुमार दत्तले बताए ।

कम्पनीले साउन ११ गतेदेखि सुरु गरेको कार्यक्रम १३ गते कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले उद्घाटन गरेका थिए।

नेशनल सेल्स हेड उमापती पोखरेलका साथै प्रमुख कार्यकारी अधिकृत पराजुलीले विगका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा गरेका थिए।

आर्थिक वर्ष २०८०÷०८१ मा व्यक्तिगत तर्फ उत्कृष्ट व्यवसाय गर्न सफल भएको भन्दै नेपाल लाइफ इन्स्योरेन्सले मोकेन्द्र यादवलाई समृद्धि पदकबाट सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र संचालक समितिका अध्यक्ष गोबिन्द लाल संघाईद्वारा संयुक्त रुपमा जारी पत्रमा उल्लेख गरिएको छ ।

विभुषित भएपछी वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादवले भनिन् “मेरो मिहेनत र लनगसिलताकै कारण यो सम्मान पाएको हुँ। सम्मानले अझै आफ्नो कामप्रति अपनत्व र जिम्मेवारी थपिएको महसुस गरेको छु” । “मलाई माया र विश्वास गर्नुहुने सबैलाई धन्यवाद दिन्छु।” जिवन बिमा गर्ने र गराउने दुवैको भविष्य उज्वल रहेको उनको भनाइ छ।“उनी प्रदेशमा बिमा क्षेत्रको प्रेरणाको स्रोत नै बनेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका देशैभरबाट उत्कृष्ट बीमा व्यवसाय गर्दै आएका १ सय ९१ जना अभिकर्ताहरु मध्ये मधेश प्रदेशका १६ जनाले समृद्धि पदक र १ जना सम्राट पदकबाट सम्मानित भएको नेपाल लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख दशरथ झाले जानकारी दिएका हुन् ।

2010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका