जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • अब कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र हुलाक बचत बैंक पनि राष्ट्र बैंकको नियमनमा

अब कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र हुलाक बचत बैंक पनि राष्ट्र बैंकको नियमनमा

नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र हुलाक बचत बैंकलाई पनि नियमन गर्ने भएको छ । ती संस्थामार्फत् कालो धनलाई सेतो बनाउने कार्य हुन नदिन (समपत्ति शुद्धीकरण हुन नदिन) राष्ट्र बैंकले नियमन गर्ने भएको हो ।

  • २०७५ साल ७ महिना ३ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार र सम्पत्ति शुद्धीकरण निवारण ऐन-२०६४ को दफा ७ को उपदफा २ अनुसार राष्ट्र बैंकले सञ्चय कोष, नागरिक लगानी कोष र हुलाक बचत बैंकलाई आफ्नो नियमनको दायरामा ल्याएको हो ।

राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै यी संस्थालाई शुद्धीकरण निवारण ऐन-२०६४ को पालना गर्न निर्देशन दिएको छ ।

‘सम्पत्ति शुद्धीकरण तथा आतंकबादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका जारी गरिएको हुँदा सोही अनुसार गर्नू गराउनू हुन अनुरोध छ,’ बैंक तथा वित्तीय संस्था नियमन विभागका कामू कार्यकारी निर्देशक नरेन्द्रसिंह विष्टद्धारा हस्ताक्षरित सर्कुलरमा भनिएको छ

12985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका