जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • राष्ट्रियस्तरका ८ विकास बैंक: नम्बर वान बन्यो गरिमा, मुक्तिनाथ र साइन पछि-पछि

राष्ट्रियस्तरका ८ विकास बैंक: नम्बर वान बन्यो गरिमा, मुक्तिनाथ र साइन पछि-पछि

 राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये आर्थिक वर्ष २०८०-८१ का लागि सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवा विकास बैंकले बनाएको छ ।  

आठवटै विकास बैंकहरुले प्रकाशित गरेका चौथो त्रैमासको वित्तीय विवरणका आधारमा हेर्दा सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवाको देखिएको हो । यो बैंकले समीक्षा अवधिका लागि आफ्ना सेयरधनीहरुलाई ११.९१ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्छ । 

लाभांशमा कामना सेवालाई पछ्याउँदै १०.५२ प्रतिशत क्षमतासहित गरिमा विकास बैंक दोश्रो नम्बरमा देखिएको छ ।  

लाभांश क्षमताको दोश्रो नम्बरमा रहे पनि गरिमाले प्रतिसेयर आम्दानी, खूद नाफा लगायतमा सबै विकास बैंकलाई टपेको छ।

चौथो त्रैमाससम्ममा गरिमाको प्रतिसेयर आम्दानी २० रुपैयाँ, खूद नाफा ११३ करोड रुपैयाँ र खराब कर्जा अनुपात २.८९ प्रतिशत रहेको छ ।  

विकास बैंकमध्ये गरिमा र मुक्तिनाथ विकास बैंकले मात्र १ अर्ब बढी नाफा कमाएका छन् । मुक्तिनाथले १२७ करोड नाफा कमाउँदा इपीएस भने १८.१५ रुपैयाँ रहेको छ । खराब कर्जा अनुपातको हिसाबले मुक्तिनाथ सबैभन्दा सुविधाजनक अवस्थामा देखिएको छ । यो बैंकको खराब कर्जा अनुपात २.२६ प्रतिशत मात्र रहेको छ । मुक्तिनाथको लाभांश क्षमता भने ४.७१ प्रतिशत मात्र छ ।  

गरिमा र मुक्तिनाथपछि साइन रेसुंगा डेभलपमेन्ट बैंकले ६९.७४ करोड खूद नाफा कमाएको छ । यो बैंकको इपीएस १४.७३ रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ३.४३ प्रतिशत छ । लाभांश क्षमता भने ८.१२ प्रतिशत रहेको छ । लाभांश क्षमताको हिसाबले राष्टियस्तरका विकास बैंकमा साइन तेश्रो नम्बरमा देखिएको छ ।  

महालक्ष्मी विकास बैंकले समीक्षा अवधिमा ४७ करोड बढी नाफा कमाएको छ भने इपीएस ११.२७ रुपैयाँ, एनपीएल ४.५८ प्रतिशत र लाभांश क्षमता ४.२५ प्रतिशत रहेको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंकले ५२ करोड नाफा कमाउँदा इपीएस १५.१७ रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात ४.०८ प्रतिशत रहेको यो बैंकको लाभांश क्षमता ५.१८ प्रतिशत रहेको छ ।  

ज्योति विकास बैंकमा सबैभन्दा धेरै खराब कर्जा थुप्रिएको देखिएको छ । यो बैंकको खराब कर्जा अनुपात ४.९५ प्रतिशत, नाफा २४.६५ करोड, इपीएस ५.६१ रुपैयाँ रहेको छ । यो बैंकको वितरणयोग्य मुनाफा नेगेटिभ रहेको छ ।  

लुम्बिनी विकास बैंकले नाफा ६० करोड कमाएको छ भने यसको इपीएस १७.१६ रुपैयाँ, खराब कर्जा अनुपात ३.२९ प्रतिशत रहेको छ । यो बैंकको लाभांश क्षमता ७.४० प्रतिशत रहेको छ ।  

66b04769c850b.jpg

195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका