जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कर्जाको औसत ब्याजदर साढे ११ प्रतिशत !

कर्जाको औसत ब्याजदर साढे ११ प्रतिशत !

वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर नै झण्डै साढे ११ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैशाख अन्तिमसम्ममा नै बैंकहरुको कर्जाको औसत ब्याजदर ११.४२ प्रतिशत पुगेको हो । कोरोनाका कारण करिब १८ महिना एकल अंकमा झरेको बैंकहरुको कर्जाको औसत ब्याजदर पुनः महंगिदै गएको छ ।

राष्ट्र बैंकका अनुसार माघदेखि नै बैंकहरुको औसत ब्याजदर दोहोरो अंकमा उक्लिएको छ । माघसम्म्मा औसतमा १०.३१ प्रतिशत रहेको बैंकहरुको कर्जाको औसत ब्याजदर फागुनमा १०.६० प्रतिशत, चैतमा १०.७८ र बैशाखमा ११.४३ प्रतिशत पुगेको छ ।

करिब १ वर्षदेखि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छैनन् । बरु उल्टै उनीहरुको ब्याजदर लगातार बढ्दै गएको छ । पछिल्लो केहि महिनायता भने उनीहरुले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । आगामी महिना पनि यस्तो ब्याजदर नबढाउने सहमती बैंकर्स संघले गरिसकेको छ ।

निक्षेपको ब्याजदर बढ्दै जाँदा उनीहरुको लागत बढ्छ र यसले कर्जाको ब्याजदर पनि बढाउँछ । बैशाख मशान्तमा बैंकहरुको आधार दर बढ्दो क्रममा देखिन्छ । कर्जाको ब्याजदर सोहि आधार दरबाट तय हुन्छ । यसले गर्दा कर्जाको ब्याजदर बढ्दै गएको हो ।

बैशाखसम्ममा बैंकहरुको औसत आधार दर ९.३० प्रतिशत कायम भएको छ। धेरै बैंकको यस्तो दर १० प्रतिशतमाथि पुगिसकेको छ । आधार दरमा बैंकहरुले ५,६ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन् । यसले गर्दा अहिले कतिपय कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।

२०७८ वैशाखमा ६.८३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार दर २०७९ वैशाखमा ९.३० प्रतिशत कायम भएको छ । यो १ वर्षमा नै बैंकहरुको आधा दर ३६.१६ प्रतिशतले बढेको छ ।

२०७९ वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.२५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ४.८१ प्रतिशत र ८.५३ प्रतिशत रहेका थिए । एक वर्षमा निक्षेपको औ;त ब्याजदर ५०.७२ प्रतिशत र कर्जाको औसत ब्याजदर ३३.८८ प्रतिशतले बढेको छ ।

Spread the love

2745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका