जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको नाफासँगै अधिकांश सूचकमा चमक, वितरणयोग्य मुनाफा कति ?

लक्ष्मी सनराइज बैंकको नाफासँगै अधिकांश सूचकमा चमक, वितरणयोग्य मुनाफा कति ?

 लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नाफासहित अन्य सूचकमा पनि प्रगति गरेको छ । यो अवधिमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.७९ प्रतिशत बढी हो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत बढेर ११ अर्ब ५९ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशत बढेर १ अर्ब ९१ करोड रुपैयाँ भने कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत बढेर १४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । त्यस्तै बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा रहेको छ।

285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?