जोडिनुहोस
बिहिबार, बैशाख ११, २०८२
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • स्मार्ट च्वाइस टेक्नोलोजिजको अध्यक्षमा नेपाल नियुक्त, डेपुटी गभर्नर मिश्रले गराए शपथ

स्मार्ट च्वाइस टेक्नोलोजिजको अध्यक्षमा नेपाल नियुक्त, डेपुटी गभर्नर मिश्रले गराए शपथ

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन्।

नेपालसँग बैंक तथा वित्तीय संस्थामा तीन दशक काम गरेको अनुभव छ। उनले नेपाल ग्रीनलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड ) बैंकबाट बैंकिङ करियर सुरु गरी हिमालयन हुँदै लक्ष्मी सनराइज बैंकबाट अवकाश लिएका थिए।

उनले यसअघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)मा संस्थापक सञ्चालक तथा दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरेका थिए। लामो अनुभव भएका नेपालको नेतृत्वमा कम्पनीले थप उचाइ लिने स्मार्ट च्वाइस टेक्नोलोजिजको विश्वास छ।

नवनियुक्त अध्यक्ष नेपालले सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्।

शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक, स्मार्ट च्वाइस टेक्नोलोजिजका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत लगायत सहभागी थिए। स्मार्ट च्वाइसले २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिंदै आएको छ।

1070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?