जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • डिशहोमको नयाँ सेवा ‘डिशहोम आई टिभी’ शुरू

डिशहोमको नयाँ सेवा ‘डिशहोम आई टिभी’ शुरू

इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले IP टिभीको सेवा शुभारम्भ गरेको छ । डिशहोम आई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउँदा हाम्रो ग्राहकहरुले DTH लाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउने कम्पनीले विश्वास लिएको जनाएकाे छ ।

नेपालको एक मात्र DTH सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसंग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो । नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको छ ।

पें टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसाय लाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, Terrestrial (T2)  टिभी र आइपी टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ । ग्राहकहरुको मन जित्न सफल इंन्टरनेट सेवा डिशहोम फाईवरनेट, सबै भन्दा वढि सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित त्भTerrestrial (T2) टिभी मार्फत ग्राहकहरु लाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

DTH र Terrestrial (T2) भन्दा फरक प्रविधी Internet Protocol based यो IP टिभीमा २०० भन्दा वढि टिभी च्यानलहरु, Video on Demand, Catch up TV/ Start-over TV, Youtube, TikTok, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेकोछ । IP टिभी Set Top को निम्न Specification निम्न रहेको छ • Amlogic S905X 64bit quad core ARM® Cortex TM A53 CPU • RAM: 1 GB / ROM: 8GB • 100 M RJ45 Port • Built in Wi-Fi 2.4 Ghz IEEE 802.11a/b/g/n • 2.0 USB Slots * 2

2170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका