जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नबिल बैंक र नमस्ते पे वालेटबीच विभिन्न सेवा उपयोग गर्नेबारे साझेदारी पत्रमा हस्ताक्षर

नबिल बैंक र नमस्ते पे वालेटबीच विभिन्न सेवा उपयोग गर्नेबारे साझेदारी पत्रमा हस्ताक्षर

नबिल बैंक र नमस्ते पे वालेटबीच सेवा उपयोग गर्नेबारे साझेदारी भएको छ। यो साझेदारीसँगै अब नबिल बैंकका ग्राहकहरुले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन्।

मंगलबार नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे हुन्।
यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे
वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्ने भएका छन्।

दुवै कम्पनीले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्तारु लाभान्वित हुने बताएका छन्। यस्तै, यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न सहयोग पुग्ने लक्ष्य लिइएको छ।

यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका
सेवाहरू पनि उपयोग गर्न सक्ने पनि जनाइएको छ।

2220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका