जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघ बीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि द्धिपक्षीय सम्झौता भएको छ । सो सम्झौता साउन २२ गते एक समारोह बीच हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघको तर्फबाट संघका अध्यक्ष बेदराज बास्तोला तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसंग आवद्ध सवारी धनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीमा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परि क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपुर्ति रकम सहज रुपमा प्राप्त गर्न सक्ने छन् ।

2310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका